२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक  : समस्या समाधानका लागि सम्पर्क व्यक्ति तोकिए

शुक्रवार , जेठ २२, २०८३

काठमाडौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको अद्यावधिक, नवीकरण तथा सम्बन्धित गुनासो व्यवस्थापनका लागि सम्पर्क व्यक्तिहरू तोकेको छ । पार्टीले १४औँ महाधिवेशनपछि स्वीकृत भएका क्रियाशील सदस्यहरूको अद्यावधिक तथा नवीकरण प्रक्रियालाई व्यवस्थित बनाउन सम्बन्धित जिम्मेवारी निर्धारण गरेको हो ।

पार्टीद्वारा जारी सूचनाअनुसार १४औँ महाधिवेशनमा स्थगन भएका तथा त्यसपछि लागू भएका स्वीकृत क्रियाशील सदस्यहरूको अद्यावधिक र नवीकरणसम्बन्धी समस्या तथा गुनासो संकलनका लागि मुक्तिप्रसाद आचार्यलाई सम्पर्क व्यक्ति तोकिएको छ।

त्यस्तै, २०८२ पुस मसान्तसम्म सदस्यता प्रविष्ट गरेका तर विभिन्न कारणले नवीकरणबाट छुटेका वा सिफारिसका आधारमा छुट भएका क्रियाशील सदस्यहरूको नवीकरण समन्वयका लागि प्रेम के.सी.लाई जिम्मेवारी दिइएको कांग्रेसले जानकारी दिएको छ ।

716614950_1565859834901598_8409985085093130829_n.jpg

क्रियाशील सदस्यतासम्बन्धी समस्या तथा गुनासो लिखित रूपमा केन्द्रीय कार्यालयमा जानकारी गराउन हरिचन्द्र खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ।

यस्तै, अन्य राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरूलाई क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियामा आवश्यक समन्वयका लागि विष्णुदेव ठाकुरलाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

नेपाली कांग्रेसले हाल क्रियाशील सदस्यता अद्यावधिक र डिजिटल व्यवस्थापन अभियान सञ्चालन गरिरहेको छ । पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अभियान अघि बढाएको छ । क्रियाशिल सदस्यता अद्यावधिक गर्ने कार्यका लागि जेठ २८ गतेसम्मका लागि मिति तोकीएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट