२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

लुम्बिनी सरकारमा ५ नयाँ मन्त्रीको प्रवेश : प्रदेश प्रमुखबाट शपथ ग्रहण

सोमवार , जेठ २५, २०८३

लुम्बिनी / लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त पाँच मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले उनीहरूलाई शपथ गराएका हुन् । 

मुख्यमन्त्री चेतनारायण आचार्य ले नेकपा (एमाले) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक सांसदलाई मन्त्रिपरिषदमा समेट्दै  केही दिन अगाढी मन्त्री नियुक्त गरेका थिए । 

भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा तुलसीप्रसाद चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा  डिल्लीराज भुसाल, स्वास्थ्य मन्त्रीमा रामजीप्रसाद घिमिरे,  भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्री र आन्तरिक मामिला तथा कानून मन्त्रालयको  भण्डारीलाल अहिर रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट