२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका : इरान

बिहिवार , कार्तिक २२, २०८१

तेहरान, एएफपी । इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै जनवरीमा ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ को रणनीति अपनाएका थिए ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले भनेको छ, “विगतमा अमेरिकी विभिन्न सरकारका नीति र दृष्टिकोणसँग हाम्रो निकै तितो अनुभव छ ।” ट्रम्पको जित ‘विगतका गलत नीतिको पुनरावलोकन गर्ने अवसर’ भएको उनले बताए ।

इरान र संयुक्त राज्य अमेरिका सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका विरोधी थिए। इस्लामिक क्रान्तिले पश्चिमा समर्थित शाहलाई सत्ताच्युत गरेको थियो भने ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म इरानसँगको सम्बन्धमा थप तनाव बढेको थियो।

बुधबार अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी घोषणा हुनुुअघि इरानले अमेरिकी निर्वाचनलाई असान्दर्भिक भन्दै अस्वीकार गरेको थियो।

सरकारका प्रवक्ता फातेमेह मोहजेरानीले भने, “संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानको सामान्य नीतिहरू तय गरिएको छ। को राष्ट्रपति बन्छ भन्ने कुराले केही फरक पार्दैन । जनताको जीविकोपार्जनमा कुनै परिवर्तन नआओस् भनेर योजना बनाइसकिएको छ।”

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ को इरान आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रुपमा फिर्ता भएको घोषणा गर्नुभएको थियो र इस्लामिक गणतन्त्रमाथि कडा प्रतिबन्ध लगाएका थिए ।

ट्रम्पको पहिलो कार्यकाल रहेकै समय सन् २०२० मा अमेरिकाले बग्दाद विमानस्थलमा गरेको हवाई आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोरका जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट