२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

भारी वर्षाका कारण जापानमा आपतकालीन चेतावनी जारी

शनिवार , कार्तिक २४, २०८१

टोकियो, सिन्ह्वा । जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउदै शनिबार आपतकालीन चेतावनी जारी गरेको छ । जसमा बाढी पहिरोलगाएतका जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आवाह्नन गरिएको छ ।

विभाग अनुसार प्रतिकुल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो ।

योरोनमा, २४– घन्टामा ५९४ मिमी बर्षा भएको छ जुन सन् १९७८ मा डाटा सङ्कलन सुरु भए देखिको सबैभन्दा बढी हो ।

ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिमीको वर्षा रेकर्ड भएको जनाउदै स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् भने साँझसम्म गम्भीर वर्षा हुने अनुमान गरिएको छ ।

यस क्षेत्रकाका बासिन्दाहरूलाई सम्भावित बाढी–पहिरो र नदीको बढ्दो स्तरका लागि सतर्क रहन सुचित गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट