२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

युक्रेनद्वारा रुसमा हालसम्मकै ठूलो 'ड्रोन' आक्रमण

सोमवार , कार्तिक २६, २०८१

काठमाडौँ । युक्रेनले मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाइ रक्षा प्रणालीले खसालिदिएको बताएको छ । आक्रमणलाई रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेयताको सबैभन्दा ठूलो आक्रमण भनेको छ ।

मस्कोका तीन वटा विमानस्थल अस्थायी रुपमा बन्द गर्न बाध्य पारिएको उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै मस्को क्षेत्रको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको अधिकारीहरूले बताएका छन् ।

युद्धमा युक्रेनको राजधानी किएभमा रूसद्वारा व्यापक ड्रोन र क्षेप्यास्त्र आक्रमण हुने गरेको भए पनि मस्कोमा भने कम आक्रमण हुने गरेको छ । युक्रेनी ड्रोनलाई ग्रीनविच समय अनुसार ४ः०० देखि ७ः०० बीचमा छ वटा क्षेत्रमा खसालेको रूसको हवाई रक्षा मन्त्रालयले जनाएको छ ।

मस्को क्षेत्रमा ३४ र ब्रायन्स्क, ओर्लोभ, कालुगा, तुला र कुस्र्कमा पनि सोही सङ्ख्यामा ड्रोन आक्रमण भएको रूसले पुष्टि गरेको छ ।

मस्को क्षेत्रका स्थानीय अधिकारीले रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभो क्षेत्रमा ड्रोन खसालेको बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट