२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

श्रीलंकामा १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी

मंगलवार , कार्तिक २७, २०८१

कोलम्बो, सिन्ह्वा । श्रीलंकाले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ । जुन सन् २०२३ को समान अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो ।

श्रीलंकाले सन् २०२४ अक्टोबरमा पर्यटनबाट १८ करोड ५६ लाख डलर आम्दानी गरेको छ । सन् २०२३ को सोही अवधिमा १३ करोड ६७ लाख डलर आम्दानी भएको डेली न्यूजले जनाएको छ ।

श्रीलंकामा सन् २०२४ को पहिलो दश महिनामा १६ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । यो सन् २ं०२३ को समान अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो ।

श्रीलंकाका लागि पर्यटन एक प्रमुख विदेशी राजस्व उत्पादन गर्ने माध्यम हो । पर्यटनले यस वर्ष २३ लाख र सन् २०२५ मा ३० लाख पर्यटक आकर्षित गर्ने अपेक्षा गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट