२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

बुधवार , कार्तिक २८, २०८१

युक्रेन, एएफपी । युक्रेनी राष्ट्रपतिका “चिफ अफ स्टाफ” ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिए पछि अधिकारीहरूले देशव्यापी रुपमा आक्रमणको चेतावनी जारी गरेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत “पुटिनले पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका छन् ।

युक्रेनी सेनाले यस अघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो ।

“सावधान, चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ“, भन्ने सुचना टेलिग्राम मार्फत जारी गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको हत्या सहित एक हप्ताको निरन्तर आक्रमण पछि यो आक्रमण भएको हो ।

पछिल्लो समयमा मस्को र किभले एक अर्का लाई लक्षित गरी रातारात विभिन्न आक्रमणहरू गरिरहेका छन् ।

रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट