२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

बङ्गलादेशमा आन्दोलनका क्रममा लुटिएका ६ हजार बन्दुक बरामद

बुधवार , कार्तिक २८, २०८१

ढाका, बङ्गलादेश/एएफपी । बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको जनाएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा भएको घातक हिंसा र व्यापक विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालयतर्फ बढेपछि तत्कालिन प्रधानमन्त्री हसिना भागेर हेलिकप्टरमा भारत गएकी थिइन् । उनले पदबाट राजिनामा दिएको पछि सेना प्रमुखले सार्वजनिक सम्बोधन गर्दै जानकारी गराएकी थिइन् ।

आन्दोलन र त्यसपछिका प्रदर्शन हिंसात्मक र अराजकत भएका र उक्त क्रममा सुरक्षाकर्मीबाट हजारौँ हातहतियार लुटिएका थिए ।

सेप्टेम्बरको सुरुमा समाप्त भएको आममाफीको समयमा तीन हजार ७०० भन्दा बढी हतियारहरू फिर्ता गरिएको थियो भने त्यसपछि सुरक्षाकर्मीले हराएका बन्दुकहरू सङ्कलन गर्ने अभियान नै चलाएको थियो ।

कर्नेल इन्तेखाब हैदर खानले सञ्चारमाध्यमलाई बताएअनुसार अवैध रूपमा राखिएका छ हजार बन्दुक र दुई लाख राउन्ड गोली सङ्कलन गरिएको छ।

खानले भने, “हाम्रो खोजी अभियान अझपनि जारी छ ।”

हसिनापछि सत्ता सम्हालेको अन्तरिम सरकारले सशस्त्र बल (सेना)लाई न्यायिक अधिकार प्रदान गर्दै उनीहरूलाई प्रहरीजस्ता दैनिक प्रवर्तन गतिविधिमा संलग्न हुन अनुमति दिएको थियो।

खानले भने, “सेना फिर्ता गर्ने विषयमा सरकारका तर्फबाट कुनै निर्देशन आएको छैन ।”

सेनाले अगस्ट यता सैनिक हिरासतमा चार जनाको मृत्यु भएको भन्ने समाचारलाई अस्वीकार गर्दै सेनाले नियमको कडाइका साथ पालना गरिरहेको जनाएको छ ।

उनले भने, “कुनै गुनासो आएमा आवश्यक कारबाही गर्छौं ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट