२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

तेलंगाना सरकारले किन गर्‍यो अदानी समूहले दिएको एक अर्ब अनुदान अस्वीकार ?

मंगलवार , मंसिर ११, २०८१

हैदरावाद, एएनआई । तेलङ्गना सरकारले अदानी समूहले ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई दिँदै आएको एक अर्ब भारतीय रूपैयाँ अनुदान कटौती गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री रेवन्त रेड्डीले यस निर्णयको घोषणा गर्दै भने, “‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’ लाई धेरै कम्पनीहरूले अनुदान रकम दिएका छन् । त्यसमध्ये अदानी समूहले पनि एक अर्ब भारतीय रूपैयाँ अनुदान दिएको छ । हिजो हामीले सरकारका तर्फबाट अदानी समूहलाई पत्र लेख्दै समूहले दिएको एक अर्ब रूपैयाँ स्वीकार गर्न राज्य सरकार तयार नभएको उल्लेख गरेका छौं ।”

“म अदानी समूहको एक अर्ब रूपैयाँ स्वीकार नगर्ने राज्य सरकारको निर्णयलाई दोहोर्‍याउन चाहन्छु ।” मुख्यमन्त्री रेड्डीले भने, “म कुनै पनि विवादमा फस्न चाहन्नँ । आधारभूत रूपमा, मैले यसको लागि एक पैसा पनि लिएको छैन।”

तेलङ्गाना राज्य सरकारले ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’मार्फत युवाहरूका लागि योगदान पुर्‍याउने एक कदम चालेको छ किनभने आज लाखौं युवाहरू सीपविहीन छन् र रोजगारी पाइरहेका छैनन्।”

उनले भने, “कर्पोरेट सामाजिक दायित्व (सीएसआर) कोषअन्तर्गत हामीले अदानी समूहबाट सैद्धान्तिक रूपमा एक अर्ब रूपैयाँको प्रतिबद्धता प्राप्त गरेका छौं । तर, अहिलेसम्म तेलङ्गना सरकारको खातामा एक रुपैयाँ पनि जम्मा भएको छैन ।”

फाउन्डेसनको तर्फबाट ‘योङ्ग इन्डिया स्किल्स युनिभर्सिटी’लाई १०० करोड रूपैयाँ सहयोग गरेकोमा हामी तपाईंप्रति आभारी छौँ । यद्यपि, मलाई माननीय मुख्यमन्त्रीले वर्तमान परिस्थिति र उत्पन्न विवादलाई ध्यानमा राख्दै रकम स्थानान्तरणको माग नगर्न निर्देशन दिनुभएको छ,” पत्रमा भनिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट