२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता

बुधवार , मंसिर १२, २०८१

बीबीसी । इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ ।

गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहने छ ।

इजरेल र हिज्बुल्लाहबीच स्थानीय समय अनुसार बुधवार बिहान चार बजेबाट लागु हुनेगरी युद्धविराम सुरु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको घोषणा गरेका थिए जसलाई फ्रान्सले पनि समर्थन गरेको छ।

उक्त सम्झौता कार्यान्वयन हुने केही क्षणअघि समेत बेइरुतमा इजरेली हवाई हमलाहरू भएका विवरण सार्वजनिक भएका थिए। युद्धविराम सुरु हुनुभन्दा केही घण्टाअघि दुवै तर्फबाट सीमा पार हमलाहरू जारी रहेका थिए।

करिब एक वर्षदेखि हिज्बुल्लाहले गरेका रकेट हमलाको जबाफमा झन्डै दुई महिनाअघि इजरेली फौजले लेबननमा स्थल अतिक्रमण सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट