२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

इन्डोनेसियाको हरित ऊर्जामा एडीबीको सहयोग, ९२.६ करोड डलर वित्तीय सम्झौता

बुधवार , माघ २, २०८१

मनिला, सिन्ह्वा । एसियाली विकास बैङ्क (एडीबी) ले मंगलबार इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न पिटि सुप्रिम एनर्जी मुरा लाबोह (एसइएमएल) सँग ९२.६ करोड डलरको वित्तीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

“यो सुविधा विस्तार गरेर इन्डोनेसियामा ८३ मेगावाटको अनुमानित क्षमताको नयाँ जियोथर्मल पावर प्लान्टको निर्माण, सञ्चालन र मर्मतसम्भारलाई समर्थन गरिनेछ,” एडीबीले जनाएको छ ।

सन् २०१३ देखि, एडीबीले इन्डोनेसियामा चार जियोथर्मल पावर प्लान्टमा लगानी गरेको छ । मनिलास्थित बैङ्कले जियोथर्मल पावर प्रोजेक्ट लगायतका परियोजनाहरूका लागि सहयोग गरेको छ ।

विश्वको सबैभन्दा ठूलो जियोथर्मल ऊर्जा भण्डार इन्डोनेसियामा रहेको छ । उक्त पावर प्लान्टको क्षमता २३.१ गीगावाट रहेको छ । इन्डोनेसिया सरकारले जियोथर्मल प्लान्टहरूको विकासलाई प्राथमिकतामा राखेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट