२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

रास्वपाका १८ जिल्लामा नयाँ नेतृत्व चयन, महिला सभापति भने शून्य

आइतवार , जेठ २४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो जिल्ला अधिवेशनमार्फत देशभर नयाँ नेतृत्व चयन हुने क्रम जारी छ । हालसम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ गरी १८ जिल्लामा नेतृत्व चयन भइसकेको छ । 

हालसम्म नेतृत्व चयन भएका १८ वटै जिल्लामा एक जना पनि महिला सभापति निर्वाचित हुन सकेको छैन । संविधानले राज्यका विभिन्न निकायमा महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको भए पनि रास्वपाको जिल्ला नेतृत्वमा भने महिला उपस्थिति शून्य देखिएको हो ।

  पुराना दलहरूले महिलालाई नेतृत्वमा पर्याप्त अवसर नदिएको आलोचना भइरहेका बेला ‘नयाँ राजनीतिक संस्कार’ को नारा बोकेको रास्वपामा पनि नेतृत्व तहमा महिला प्रतिनिधित्व  भने कमजोर देखिएको छ । लिमा अधिकारी, केन्द्रीय कोषाध्यक्ष, रास्वापा अधिवेशन भइरहेका अधिकांश जिल्लामा सभापतिको दौडमा रहेका महिलाको संख्या नै न्यून रहेको नेताहरू बताउँछन्।

Lima adhikari.webp

केही पालिका तहमा महिला नेतृत्व उदाए पनि जिल्ला तहमा भने महिला नेतृत्व स्थापित हुन सकेको छैन । रास्वपाकी केन्द्रीय कोषाध्यक्ष  लिमा अधिकारी,  भने अझै धेरै जिल्लामा अधिवेशन हुन बाँकी रहेकाले महिला नेतृत्व आउने सम्भावना कायम रहेको बताइन् । ‘धेरै ठाउँमा महिला दिदीबहिनीहरूलाई नेतृत्वमा ल्याउन मैले पनि पहल गरिरहेकी छु ।

तर कतिपय अवस्थामा उहाँहरू आफैं नेतृत्वको जिम्मेवारी लिन इच्छुक देखिनुहुन्न’ अधिकारीले भनिन् ।  उनका अनुसार महिलालाई केवल आरक्षण वा कोटामा सीमित नगरी प्रत्यक्ष नेतृत्वको प्रतिस्पर्धामा ल्याउनुपर्ने विषयमा पार्टीभित्र निरन्तर छलफल भइरहेको बताइन । आगामी महाधिवेशनमा पनि नेतृत्व तहमा महिलाको सहभागिता बढाउने विषयलाई प्राथमिकताका साथ उठाइने उनको भनाई थियो । 

अधिकारीले महिलाहरूले घरपरिवार, पेशा–व्यवसाय र राजनीतिक गतिविधिबीच सन्तुलन मिलाउनुपर्ने भएकाले नेतृत्वमा आउन अतिरिक्त चुनौती भोग्नुपरेको बताइन ।  ‘महिलालाई नेतृत्वमा ल्याउने विषय पार्टीको प्राथमिकतामै छ, निर्णय गर्ने तह र शक्ति बाँडफाँट हुने स्थानमा पनि महिलाको उपस्थिति बढाउन आवश्यक छ,’ उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट