२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चिनियाँ बजारमा पछि पर्‍यो एप्पल, हुवावेले १६ प्रतिशत बजार ओगट्दा भिभोको १७ प्रतिशत

शुक्रवार , माघ ४, २०८१

बेइजिङ, एएफपी । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्यांकले देखाएको छ ।

क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा बिक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको आद्योगिक तथ्याङ्क प्रदायक क्यानालिसले जनाएको छ ।

साथै, चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि करिब १५ प्रतिशत बिक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका छन् ।

बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा पाँच करोड १० लाख ८० हजार आइफोन बिक्री गरेकोमा यो सङ्ख्या सन् २०२४ मा चार करोड २० लाख ९० हजारमा सिमित भएको छ ।

क्यानालिसका रिसर्च म्यानेजर अम्बर लिउले ‘तीव्र प्रतिस्पर्धाका कारण’ एप्पलका लागि निरन्तर बदलिँदो परिदृश्य आएको छ ।

शीर्ष स्थानमा रहेको भिभोले गत वर्ष ‘बलियो गति’ देखाएको उल्लेख गर्दै लिउले भने, “कम्पनीको रणनीतिले ‘सुरूवाती तहदेखि मध्यमदेखि अन्तसम्म आफ्नो स्थान बलियो बनाउन’ मद्दत गरिरहेको छ ।”

यसैबीच, कुनै समय राष्ट्रिय सुरक्षा चिन्ताका कारण वासिङ्टनबाट कडा प्रतिबन्धहरूको सामना गरेको शेन्जेनमा मुख्यालय रहेको हुवावेले सन् २०२४ मा यसको घरेलु बजारमा पुनरुत्थान जारी राख्यो ।

क्यानालिसको तथ्याङ्कअनुसार कम्पनीले गत वर्ष कुल स्मार्टफोनको नियातमा ३७ प्रतिशतले वृद्धि हासिल गरेको छ ।

एप्पलको आईफोन चीनमा अझै पनि लोकप्रिय छ, तर विशाल बजारका धेरै उपभोक्ताहरूले हालका वर्षहरूमा घरेलु विकल्पहरूमा सरेका छन् किनकि बजारको क्षेत्र र प्रतिस्पर्धा तीव्र भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले गत वर्ष धेरै पटक चीनको भ्रमण गरेका थिए ।

क्यानालिसको तथ्यांकअनुसार चौथो त्रैमासिकमा एप्पलको स्मार्टफोनको निर्यातमा २५ प्रतिशतले गिरावट आएको छ ।

रिपोर्टमा भनिएको छ, “चौथो त्रैमासिकमा चीनको मुख्य भूमिमा उत्पादन भएका चिनियाँ स्मार्टफोन बजार पाँच प्रतिशतले वृद्धि भएको छ र कुल निर्यातको सात करोड ७० लाख ४० हजार युनिट पुगेको छ । यस क्षेत्रको लागि थप सकारात्मक सङ्केतमा, बेइजिङले गत हप्ता घोषणा गरेको केहि स्मार्टफोनहरूको व्यक्तिगत खरीदको लागि छुटको योजनाले पनि काम गरेको छ ।

क्यानालिसका अनुसन्धान विश्लेषक लुकास झोङले भने, “पछिल्लो नीतिले यस वर्षको बजार वृद्धिको जग बसालेको छ र विक्रेताहरूले बजारको बाटो र आपूर्तिको लागि तयारी सुरु गरिसकेका छन्।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट