२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी

शुक्रवार , माघ ४, २०८१

इटाली । इटालीको सार्वजनिक ऋण नोभेम्बर २०२४ मा पहिलो पटक ३ हजार अर्ब युरो (३ हजार ८७ अर्ब अमेरिकी डलर) नाघेको छ ।

बैंककाअनुसार नोभेम्बरमा देशको सार्वजनिक ऋण २४ अर्ब युरोले बढेर ३ हजार ५.२ अर्ब युरोको रेकर्ड उच्चतम स्तरमा पुगेको छ । यो वृद्धि उच्च खर्चका कारण भएको हो । साथै नोभेम्बर २०२३ को तुलनामा कर राजस्वमा ०.१ प्रतिशतको सामान्य गिरावट आएको छ ।

वर्षको शुरुमा देशको सार्वजनिक ऋण २ हजार ८६० अर्ब युरो रहेको थियो । इटाली यसको अर्थतन्त्रको सम्बन्धमा विश्वव्यापी रूपमा सबैभन्दा ऋणी देशहरूमध्ये एक रहेको छ ।

जसको ऋण यसको कुल गार्हस्थ्य उत्पादनको लगभग १३६.६ प्रतिशत बराबर छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट