२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुकुमवासी बस्ती खाली गराउने सरकारको निर्णय बिरुद्धमा विरोध प्रदर्शन (तस्बिरहरु)

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । सुकुमवासी बस्ती खाली गराउने सरकारको निर्णयको बिरुद्धमा विरोध प्रदर्शन भएको छ ।

एक्कासी आफुहरुलाई हटाउन लागेको भन्दै थापाथलीको बागमती किनार लगाएत अन्य स्थानमा बस्दै आएकाहरुले शुक्रबार सरकार बिरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुको प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले समेत साथ दिदै प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले बिकासका नाममा उठिबास होइन अधिकार चाहिन्छ, गरिबमाथि अन्याय गर्न पाइदैन, पुनर्वास विना हटाउने निर्णय मान्य छैन, वास्तविक सुकुम्वासीको पहिचान गर लगाएतका प्लेकार्ड देखाउदै सरकार विरोधी नारावाजी गरेका थिए ।

राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले सुकुमवासीको हक हित र अधिकारका लागि आफुहरुको पूर्ण समर्थन रहेको बताए । उनले वर्तमान सरकारले डोजर चलाउने भनेर आतंक मच्चाएको धारणा राखे । वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गरेर मात्रै अन्य कदम चाल्न उहाले आग्रह गरे ।

यता शनिबार बिहानबाट सुकुमवासी बस्ती खाली गर्ने जानकारी आएपछि केहिले आफ्नो सामानहरु सार्न सुरु गरेका छन् । भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयसंगै उनीहरुले सुकुमवासी बस्तीबाट सामान सार्न सुरु गरेका हुन् ।

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनसँगै शनिबार र आइतबार उपत्यकाभित्र रहेका सुकुमवासी बस्ती डोजर लगाएत हटाउने तयारी भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट