२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

बुधवार , जेठ ६, २०८३

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली पर्वको अवसरमा किराँत राई सोसाइटी पोर्चुगलद्वारा आयोजित विशेष सांस्कृतिक कार्यक्रम १८ मे २०२६ मा बेला भिस्ता ग्रीन पार्कमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास, लिस्बनका प्रथम सचिव राम बाबु नेपाल को उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिहरूमा गैरआवासीय नेपाली संघ, पोर्चुगल (एनआरएनए पोर्चुगल) का अध्यक्ष सुजन लामा मोक्तान, गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, एफआइबीआइकी अध्यक्ष मुना राई, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप मगर, किराँत राई सोसाइटी स्पेनका अध्यक्ष युवा राज राई तथा श्रम तथा संस्कृति पार्टी पोर्चुगलका अध्यक्ष बिकास आले लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

WhatsApp Image 2026-05-20 at 3.27.31 PM.jpeg

त्यसैगरी अतिथिहरूमा प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्री,नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष भीम लामा, शेर्पा क्यिदुग पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा लगायत विभिन्न जातीय तथा सामुदायिक संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रममा बोल्दै एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले नेपाल बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै नेपाली संस्कृति नै हाम्रो पहिचान र गौरव भएको धारणा व्यक्त गरे । 

उनले आवश्यकता अनुसार विभिन्न संस्थाबीच सहकार्य गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। साथै साकेला उभौली पर्वले नेपाली समुदायबीच आपसी एकता, सद्भाव, भाइचारा तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

WhatsApp Image 2026-05-20 at 3.27.30 PM.jpeg

प्रमुख अतिथि राम बाबु नेपालले विदेशमा रहेर पनि नेपाली कला, संस्कृति तथा मौलिक परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु अत्यन्त महत्वपूर्ण कार्य भएको बताउँदै आयोजक संस्थाको प्रशंसा गरे।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अधिराज सोताङ राईले गरेका थिए। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण आयोजक, अतिथि तथा उपस्थित महानुभावहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट