२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मेरुदण्डसम्बन्धी दुखाइ व्यवस्थापनबारे विशेष चिकित्सा शिक्षा कार्यक्रम सम्पन्न

शनिवार , जेठ १६, २०८३

काठमाडौं । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेज (एएनआईएएस) को आयोजनामा मेरुदण्डसम्बन्धी दुखाइ व्यवस्थापन विषयक विशेष निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याको आधुनिक उपचार, सुई चिकित्सा तथा फिजियोथेरापीमार्फत दुखाइ व्यवस्थापनलगायत विषयमा विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए।

कार्यक्रममा अस्पतालमा डा. तीर्थराज भण्डारीको नेतृत्वमा विभिन्न प्रकारका दुखाइहरूको शल्यक्रिया बिना नै सफल उपचार भइरहेको जानकारी गराइएको थियो।

सो अवसरमा डा. सौजन्य राजभण्डारीले ढाड दुखाइको कारण र विकासक्रम, डा. जया सात्यालले ढाड दुखाइमा सुई चिकित्साको भूमिका, डा. नबिन सापकोटाले फिजियोथेरापीको दृष्टिकोणबाट ढाड दुखाइको व्यवस्थापन तथा डा. तीर्थराज भण्डारीले मेरुदण्डसम्बन्धी दुखाइको आधुनिक उपचार व्यवस्थापनबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमको समापन सत्रमा वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तले “मस्तिष्क नभए दुखाइ हुँदैन” शीर्षकमा विशेष प्रस्तुति दिएका थिए।

उक्त कार्यक्रममा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दीर्घकालीन ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याको समयमै पहिचान र आधुनिक उपचार व्यवस्थापनबारे महत्वपूर्ण जानकारी आदान–प्रदान भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट