२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सशस्त्रले नियन्त्रणमा लिएको विद्युतीय गाडी : छानबिनका लागि समिति गठन

शुक्रवार , जेठ २२, २०८३

काठमाडौ। राजश्व छलेको आशंकामा सशस्त्र प्रहरीले तिन स्थानबाट नियन्त्रणमा लिएको विद्युतीय सवारी साधानको विषयमा अनुसन्धान का लागि समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरीले मुस्ताको कोरला नाकाबाट बिहीबार ७७५, नुवाकोटबाट २ र धादिङ आदमघाट बाट २ गरी ७७९ विद्युतीय सवारी साधान नियन्त्रणमा लिएको थियो ।

विद्युतीय सवारी साधान नियन्त्रणमा लिएपछि प्रधानमन्त्री कार्यालयको समेत ध्यानआर्कषण भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्देशन पछि नेपाल प्रहरी,अर्थ मन्त्रालय,भन्सार विभाग र सशस्त्र प्रतिनिधिहरु रहने गरी छानबिन समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरीले भन्सार जाँचपास भएर उपत्यका भित्रने क्रममा रहेका विद्युती सवारी साधानहरुलाई एक पटक पुन भेरीफाइ गर्नका लागि ति सवारी साधानहरु नियन्त्रणमा लिएको बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट