काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
प्रहरीका अनुसार स्थानीय ४२ वर्षीय कुमार थापा (नेपाली ब्रो)ले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटना शुक्रबार राति करिब १०ः१० बजे भएको हो । घटनालगत्तै सक्रिय भएको प्रहरी टोलीले श्रीमतीमाथि रड प्रहार गर्ने श्रीमान कुमार थापालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका थापालाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर हिरासतमा लिइएको छ । घरायसी विवाद के कारणले भएको थियो र घटना कसरी उग्र रूप लियो भन्नेबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस