२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरुः मनाङ र मुस्ताङ बाहेक ७५ जिल्लामा हुँदै

शनिवार , जेठ २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशभर एकैसाथ जिल्ला अधिवेशन आज (शनिबार) देखि सुरु हुँदैछ । पार्टीको आगामी प्रथम ऐतिहासिक महाधिवेशनको तयारी स्वरूप रास्वपाले सांगठनिक संरचनालाई तीव्रता दिँदै जिल्ला अधिवेशन सुरु गर्न लागेको हो ।

रास्वपाले देशका ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ, जसमा पछिल्लोपटक हिमाली जिल्ला डोल्पामा तदर्थ समिति घोषणा गरिएको थियो ।

७७ जिल्लामा समिति क्रियाशील रहे पनि गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने तत्काल जिल्ला अधिवेशन नहुने भएको छ । ती जिल्लाहरूमा अहिलेसम्म तल्लो तहका वडा तथा पालिका अधिवेशनहरू समेत सम्पन्न हुन नसकेका कारण जिल्ला अधिवेशन थाती राखिएको रास्वपाले जनाएको छ ।

पार्टीको सांगठनिक नियमावली अनुसार कम्तीमा ३० प्रतिशत स्थानीय पालिकाको अधिवेशन सम्पन्न भइसकेका जिल्लामा मात्रै जिल्ला अधिवेशन गर्न सकिने वैधानिक व्यवस्था छ ।

आज र भोलि देशका ७५ वटा जिल्लामा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरू समेत छनोट गर्नेछ । पार्टी स्थापनाको छोटो समयमै हुन लागेको यो महाधिवेशनलाई रास्वपाले आफ्नो सांगठनिक सुदृढीकरणको मुख्य आधार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट