२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

देशभर एकै साथ अधिवेशन गर्दै रास्वपा : आज ३७ भोली २९ जिल्लामा अधिवेशन हुँदै

शनिवार , जेठ २३, २०८३

काठमाडौं/ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को देशभर एकै साथ जिल्ला अधिवेशन सुरु भएको छ ।  आज र भोली गरेर देशभरका जिल्लाहरुमा एकै साथ जिल्ला अधिवेशन हुन लागेको हो । असार ७ देखि ९ सम्म चितवनामा पहिलो राष्ट्रिय महाधिवेशन गर्न लागेको रास्वपाले त्यस अघि वडा हुँदै जिल्ला सम्म को अधिवेशन गर्न लागेको हो ।

शनिबार (२३ गते) देशका ३७ जिल्लाहरुमा अधिवेशन सम्पन्न हुँदैछ । शनिबार अधिवेशन हुन लागेका जिल्लाहरुमा कोशी प्रदेशका ८ जिल्लाहरु झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरीमा अधिवेशन हुँदैछ । त्यस्तै मधेशका २ जिल्ला महोत्तरी र रौतहट मा पनि पहिलो दिन नै अधिवेशन सम्पन्न हुदैछ ।

त्यस्तैगरी  बागमती प्रदेशका ९ जिल्लाहरू दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली मा पनि पहिलो दिन नै अधिवेशन हुन लागेको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । गण्डकी प्रदेशका ५ जिल्लाहरू स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी लुम्बिनी प्रदेशका ८ जिल्लाहरू गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा मा पनि शनिबार नै अधिवेशन हुन लागेको छ । कर्णाली प्रदेशका २ जिल्लाहरू कालिकोट र सल्यान सुदुरपश्चिम प्रदेशका ३ जिल्लाहरू बैतडी, बझाङ र दार्चुलामा पनि पहिलो दिन अर्थात शनिबार नै अधिवेशन हुँदैछ ।

जेठ २४ गते अधिवेशन हुने जिल्लाहरु

आइतबार  जेष्ठ २४ गते २९ जिल्लाहरूमा अधिवेशन सम्पन्न हुँदैछ । कोशी प्रदेशका ४ जिल्लाहरू उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम मधेश प्रदेशका ४ जिल्लाहरू सिराहा, धनुषा, पर्सा र सर्लाही मा आइतबार अधिवेशन हुनेछ । बागमती प्रदेशका २ जिल्लाहरू चितवन र ललितपुर गण्डकी प्रदेशका ४ जिल्लाहरू तनहुँ, नवलपुर, गोरखा र लमजुङ लुम्बिनी प्रदेशका ३ जिल्लाहरू अर्घाखाँची, रुपन्देही र प्युठान मा पनि आइतबार अधिवेशन हुने रास्वपाले जानकारी दिएको छ ।  

कर्णाली प्रदेशका ६ जिल्लाहरू सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला सुदुर पश्चिम प्रदेशका ६ जिल्लाहरू अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा मा पनि आइतबार अधिवेशन हुने छ । संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन  भने जेष्ठ २६ गते हुने महासचिव बुर्लाकोटीले जानकारी दिए । 

रास्वपाका पहिला  महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । योसंगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन सकिएपछि मात्रै हुनेछ ।

जिल्ला अधिवेशन लगत्तै प्रदेश अधिवेशनको तयारीमा रास्वपा लागेको छ । वागमती प्रदेशमा पहिलो प्रदेश अधिवेशन हुनेछ । जेठ २६ गते वागमतीको अधिवेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट