काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिन माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ
प्रदर्शनमा पार्टीका सांसद आरेन राईसहित नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको दाबी गर्दै उक्त भनाइ तत्काल फिर्ता लिनुपर्ने माग गरेका थिए ।
सांसद आरेन राईले संसदभित्र निरन्तर रूपमा विरोध जनाउँदै आए पनि सरकारबाट कुनै सुनुवाइ नभएको भन्दै सडक आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनले वर्तमान सरकार संसदप्रति उत्तरदायी नभएको आरोप समेत लगाए ।
श्रम संस्कृति पार्टीले संसदभित्र र बाहिर दुवै माध्यमबाट प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जारी राख्ने जनाएको छ । माइतीघरमा आयोजित प्रदर्शनका सहभागीहरूले सरकारलाई जनभावनाको सम्मान गर्दै विवादास्पद अभिव्यक्ति सच्याउन आग्रह गरेका थिए । सहभागीहरुले वर्तमान सरकार प्रति चर्काे नाराबाजी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस