२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र: विपद्को पूर्वसूचना पाउन सहज

मंगलवार , आषाढ २३, २०८३

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भने, “कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन् । जलमापन केन्द्र ३१ सञ्चालनमा छन् । दुई वटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन सकेको छैन ।” त्यस्तै, दैलेख र सुर्खेतको सिमानास्थित गुँरासेमा मौसम राडान केन्द्र लामो समयदेखि बन्द रहेका कँडेलले जानकारी दिए ।

उनका अनुसार चट्याङले क्षति पुर्याएपछि दुई वर्षदेखि ती केन्द्र प्रयोगमा आउन सकेका छैनन् ।  कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको मौसमसम्बन्धी जानकारी दिने उद्देश्यले यी राडार स्थापना गरिएको थियो । हाल ती राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै आगामी वर्ष जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको डा कँडेलले जानकारी दिए । 

मौसम मापन केन्द्रको अभावले स्थानीयस्तरको मौसमीय अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको उनले बताए । “स्थानीय तहमा केन्द्र नहुँदा त्यहाँको वास्तविक वर्षा, तापक्रम वा अन्य मौसमीय अवस्थाको तथ्याङ्क उपलब्ध हुँदैन”, उनले भने, “यसले बाढी, पहिरो, अतिवृष्टि तथा अन्य प्राकृतिक विपद्को पूर्वानुमान र समयमै पूर्वसूचना प्रवाहमा प्रत्यक्ष असर पार्छ ।”

कर्णाली प्रदेश सरकारले मौसम पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मौसम मापन केन्द्र नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट