२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

राष्ट्रपति बनेपछि ट्रम्पले के-के कदम चाले ?

मंगलवार , माघ ८, २०८१

बीबीसी । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालको सुरुवातमा विभिन्न कार्यकारी आदेशहरू जारी गरेर गरेका छन्।

पदभार ग्रहण गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेर अनुमोदन गरे ।

उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतंकवादी संगठन घोषणा गरेका छन्।

यसअघि उनले भरिभराउ रंगशालामा बसेर एक चरणका कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए। मञ्चमा राखिएको डेस्कबाट उनले बाइडन प्रशासनले लागु गरेका झण्डै असीवटा प्रावधानहरूलाई उल्टाइ दिएका थिए भने प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए।

राष्ट्रपति बनेपछि ट्रम्पले चालेका मुख्य कदम :

- 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी' नाम दिइएको सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना, जुन औपचारिक सरकारी विभाग भने होइन।

- 'लैङ्गिक विचारधाराबाट महिलाहरूको प्रतिरक्षा' र 'संघीय सरकारमा जैविक सत्यताको पुनर्स्थापना' ।

- विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने प्रकृयाको थालनी ।

- अमेरिकाको दक्षिणी सिमानामा 'राष्ट्रिय सङ्कटकाल' को घोषणा ।

- टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक लगाउने कार्य ।

- भूतपूर्व सरकारी अधिकारीहरूलाई निर्वाचनमा चलखेल गरेकोमा जिम्मेवारू ठहर गर्ने।

- ६ जनवरीमा क्यापिटल भवनमा दङ्गा गर्नेहरूलाई क्षमादान दिने।

राष्ट्रपति ट्रम्पले जारी गरेका यी आदेशहरू ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट