काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हिजोदेखि सुरु भएको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व छनोट हुन सुरु भएको छ । बागमती र कोशी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् भने केही जिल्लामा नेतृत्व चयनको प्रक्रिया जारी रहेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिअनुसार बागमती प्रदेशका १३ मध्ये ९ जिल्ला र कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ जिल्ला कार्यसमिति चयन भएका छन् ।
वागमतीका ९ जिल्लामा को को भए सभापति
काठमाडौं राजा शाक्य
भक्तपुर रामेश्वर बस्नेत
काभ्रेपलाञ्चोक प्रबिन ढकाल
सिन्धुली अविनाश बस्नेत
रामेछाप रमेश रायमाझी
दोलखा दिनेश बस्नेत
नुवाकोट रामेश्वर गजुरेल
धादिङ राजन अर्याल
मकवानपुर सञ्जीव
कोशी प्रदेशका ९ जिल्लामा कहाँ को भए सभापति
सुनसरी सागर दाहाल
झापा ओम भण्डारी,
ताप्लेजुङ राजनकुमार गुरुङ,
मोरङ भरत कडेल,
तेह्रथुम सुमन खत्री,
भोजपुर ख्यामबहादुर भुजेल,
संखुवासभा भक्तनारायण श्रेष्ठ
ओखलढुंगाबाट कृष्णबहादुर थापा
रास्वपाका अनुसार बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा शनिबार अधिवेशन हुँदैछ भने सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन विविध कारणले स्थगित भएको छ । कोशी प्रदेशका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा पनि अधिवेशन प्रक्रिया जारी रहेको जनाइएको छ।
वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि अहिले जिल्ला अधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको प्रक्रिया चलिरहेको छ। रास्वपाले आगामी दिनमा प्रदेश तथा केन्द्रीय महाधिवेशनको तयारीलाई समेत जिल्ला अधिवेशनसँग जोडेर अघि बढाइरहेको जनाएको छ । जिल्ला तहको अधिवेशन सकिए लगतै रास्वपा प्रदेशको तयारीमा ज्ट्ने रास्वपाका केन्द्रीय निर्वाचन समितिका प्रमुख भुवन केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस