२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा

आइतवार , जेठ २४, २०८३

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

आइतबार बिहान सिङ्गा ओभल ग्राउन्डमा भएको खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ्स खेले। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेलले २० रन तथा आसिफ शेखले १ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९।४ ओभरमा ९४ रनमा समेटिएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रनको योगदान दिए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिए ।

अब नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आइतबार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

यस प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, ओमान, हङकङ र मलेसिया चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट