२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

डब्ल्यूएचओले भन्यो : ट्रम्पको निर्णय खेदजनक

बुधवार , माघ ९, २०८१

जेनेभा, एएनआई । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ ।

यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेमा आशा पनि गरेको जनाएको छ ।

विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणको लागि अमेरिका र एजेन्सीबीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार डब्लूएचओबाट अमेरिका बाहिरिने घोषणा गरेपछि डब्ल्यूएचओको यो बयान आएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,“ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ । डब्ल्यूएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाको लागि महत्त्वपूर्ण छ ।”

विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उल्लेख गर्यो ।

“सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् । अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन् ,” विज्ञप्तिमार्फत डब्ल्यूएचओले जनाएको छ ।

“हामी आशा गर्छौं कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्ल्यूएचओबीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट