२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

युद्ध विराममा सहमत नभए रुसमाथि ट्रम्पले थप प्रतिबन्ध लगाउने

बिहिवार , माघ १०, २०८१

वासिङ्टन, एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेका रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने संकेत गरेका छन् ।

रुसी राष्ट्रपति वार्तामा नआएमा अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भने, “यस्तो हुनसक्ने सम्भावना छ ।”

सोमबार आफ्नो पदभार ग्रहण गर्नुअघि ट्रम्पले पदभार ग्रहण गरेपछि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गरेका थिए । यसबाट उनले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो ।

पुटिनप्रति असामान्य आलोचनात्मक टिप्पणी गर्दै ट्रम्पले सोमबार रुसी राष्ट्रपतिले ‘सम्झौता गर्नुपर्छ’ भनेका थिए । “मलाई लाग्छ उहाँले सम्झौता नगरी रुसलाई नष्ट गरिरहनुभएको छ”, उनले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट