२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

अमेरिकाले विदेशमा दिइने सहायता स्थगित गर्‍यो, के होला एमसीसी ?

आइतवार , माघ १३, २०८१

बीबीसी । अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई पठाएको एउटा आन्तरिक पत्राचारमा उसले हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको पाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमवार अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

उक्त आदेशपछि मन्त्रालयले आफू मातहतका निकायहरूमा त्यस्तो पत्र पठाएको पाइएको हो।

कस्ता सहायता रोकियो ?

ट्रम्पले त्यस्ता सहायताहरूको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघि बढाउने उद्देश्यसाथ उक्त कार्यकारी आदेश जारी गरेको बताइएको छ।

सरकारी तथ्यांकअनुसार अमेरिका विश्वकै सबैभन्दा धेरै वैदेशिक विकास सहायता दिने देश हो।

उसले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो।

विदेश मन्त्रालयको सूचनापछि विकासदेखि सैन्य सहायतासम्म सबैलाई असर गरेको देखिएको छ।

उक्त पत्राचारमा कर्मचारीलाई निर्देशन दिँदै भनिएको छ, 'प्रत्येक प्रस्तावित नयाँ सहायता वा हाल कायम रहेका सहायताको थप विस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ सहायता वा विद्यमान सहायताहरूको विस्तारका लागि कुनै पनि नयाँ कोष बाध्य हुने छैनन्।'

त्यसमा अमेरिकी अधिकारीहरूलाई सहायाताबारे 'समीक्षापछि विदेशमन्त्रीले निर्धारण गरेको समयसम्मका लागि सम्बन्धित सहायता अघि बढाउने सबै कार्यहरू तत्काल रोक्न' पनि निर्देशन दिइएको छ।

अमेरिकाले नेपाललाई वैदेशिक सहायताअन्तर्गत मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मार्फत सहयोग गरिरहेको छ । अ‍ेमरिकी राष्ट्रपति ट्रम्पको यो कदमको प्रभाव अब नेपालमा अमेरिकाले लागू गरेको एमसीसी परियोजनामा पनि पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट