२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

ट्रम्पका कर योजनाले कुन-कुन देशमा पर्न सक्छ असर

सोमवार , माघ १४, २०८१

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने धम्की दिइरहेका छन्।

उनले क्यानडा र मेक्सिकोले उनीहरूको देश हुँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीको प्रवाह र फेन्टनाइल औषधि नरोके उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउने बताएका छन्।

उनले चीन र युरोपेली संघबाट भित्रिने सामानहरूमा १० प्रतिशत कर लगाउने पनि बताएका छन्।

चीन, मेक्सिको र क्यानडा अमेरिकाका मुख्य व्यापार साझेदारहरू हुन्।

कर लगाएपछि त्यसले उनीहरूको अर्थतन्त्रलाई नराम्ररी मर्का पर्न सक्छ र अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्धि हुन सक्छ।

'ट्यारिफ' के हो र कसरी लागु हुन्छ

आयातित सामानहरूमा लगाइने करलाई 'ट्यारिफ' भनिन्छ।

यस्तो कर सामान निर्यातकर्तामा नभई आयात गर्ने कम्पनीहरूमा लागु गरिन्छ र यो आयातको मूल्यको अनुपातमा हुन्छ।

यदि कुनै कम्पनीले कार आयात गर्दै छ र त्यसको मूल्य ५०,००० डलर छ र त्यसमा २५ प्रतिशत कर तोकिएको छ भने प्रत्येक कार किन्नका लागि उसले थप १२,५०० डलर तिर्नुपर्छ।

अन्तिममा करको आर्थिक भार कसलाई पर्छ भन्ने प्रश्न निकै जटिल छ।

यदि अमेरिकाको कम्पनीले आयात गर्दै छ र उसले करको मूल्य जो व्यक्तिले सामान किन्दै छ उसमाथि उच्च खुद्रा मूल्य तोकेर लियो भने आर्थिक भार त्यही अमेरिकी उपभोक्ताले बेहोर्नुपर्छ।

ट्रम्प किन यस्तो करको पक्षमा छन्र

डोनल्ड ट्रम्प प्राय के बताउँछन् भने यस्तो कर लगाउँदा त्यसले अमेरिकामा घरेलु रोजगारी सिर्जना र संरक्षण गर्छ। त्यसै गरी यसले गर्दा राजस्व बढ्ने र अमेरिकी अर्थतन्त्र वृद्धि हुने उनको दाबी छ।

'मेरो योजनाअन्तर्गत, अमेरिकी कामदारहरूले आफ्नो जागिर गुम्ने चिन्ता अब गर्नुपर्दैन' सन् २०२४ मा चुनावी अभियानका बेला उनले भनेका थिए। 'बरु, विदेशी राष्ट्रहरूले आफ्ना नागरिकको रोजगारी गुम्नेबारे चिन्ता गर्नुपर्नेछ।'

ट्रम्पले कस्ता करहरू लगाउन सक्छन् ?

ट्रम्पले मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोकेसम्म उनीहरूमाथि २५ प्रतिशत कर लगाउने धम्की दिइरहेका छन्।

उनले चिनियाँ वस्तुहरूमाथि अहिले भइरहेकोमा जोडेर १० प्रतिशत ूदण्डात्मकू कर लगाउने बताएका छन्। गैरकानुनी औषधि फेन्टनिल बनाउनका लागि धेरैजसो रसायन चीनबाट आउने दाबी गर्दै उनले त्यस्तो करको घोषणा गरेका हुन्।

फेब्रुअरी १ तारिखसम्ममा यो लागु हुन सक्ने छ।

ट्रम्पले युरोपेली सङ्घभित्रका देशहरूले पनि ूएकदमै नराम्रो व्यवहारू गरेको भन्दै त्यहाँ पनि करहरू लगाउने धम्की दिएका छन्।

पछिल्ला करहरूले क्यानडा र मेक्सिकोलाई कसरी मार पर्नसक्छ ?

यदि हाल चर्चामा रहेका करहरू लागु भए त्यसले खास गरी क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने यूकेमा रहेको न्याश्नल इन्स्टिट्यूट अफ ईकनोमिक एन्ड सोशल रिसर्चका प्राध्यापक स्टेफन मिलर्डले बताए।

यी दुवै देश अमेरिकामा धेरै निर्भर छन्। अमेरिकाले अहिले मेक्सिकोले देशबाहिर निर्यात गर्नेमध्ये ८३ प्रतिशत वस्तुहरू खरिद गर्छ भने क्यानडाको निर्यातको ७६ प्रतिशत अमेरिका भित्रिन्छ।

'क्यानडाले ठूलो मात्रामा तेल र मशीनरी अमेरिकालाई बिक्री गर्छ,' प्राध्यापक मिलर्डले भने, 'र २५ प्रतिशत कर लगाउँदा पाँच वर्षको अवधिमा उसको गार्हस्थ्य घरेलु उत्पादन ७।५ प्रतिशतले खुम्चिन्छ, त्यो असाध्यै उल्लेख्य असर हो।'

'मेक्सिकोमा २५ प्रतिशत कर लागु गरियो भने त्यहाँ कार बनाउन बनाइएका केन्द्रहरू सजिलै आफ्नै देशमा फर्किने छन्।'

'करले पाँच वर्षको अवधिमा मेक्सिकोको १२।५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन घटाउने छ। यो धेरै ठूलो असर हुने छ।'

ट्रम्पले पहिलो कार्यकालमा लगाएको करले अन्य देशहरूमा कस्ता असर पारेका थिए ?

ट्रम्पले लगाएका करहरूले केही निश्चित देशहरूबाट अमेरिका आयात हुने सामग्रीको परिमाण घटायो, तर अन्य देशहरूबाट अमेरिकाले आयात गर्ने सामग्रीको परिमाण बढायो।

सन् २०१८ अगाडि अमेरिका आयात हुने मध्ये २० प्रतिशतभन्दा बढी वस्तुहरू चिनियाँ थिए। अमेरिकाको तथ्याङ्कसम्बन्धी निकायका अनुसार अहिले त्यसको मात्रा १५ प्रतिशतभन्दा कम छ।

सन् २०२३ सम्ममा चीनलाई उछिनेर मेक्सिको अमेरिकामा सबैभन्दा धेरै सामान निर्यात गर्ने देश बनेको छ। अहिले उसले अमेरिकामा ४७६ अर्ब डलरको सामान निर्यात गर्छ जबकि चीनले भने ४२७ अर्ब डलर मात्रै निर्यात गर्छ।

खास गरी धेरै कार निर्माता कम्पनीहरूले अमेरिकासँगको खुला व्यापार सम्झौताको फाइदा लिन र निर्माणका लागि पनि कम लागत पर्ने भएका कारण आफ्नो निर्माण मेक्सिकोमा सारेका थिए।

सन् २०२३ मा मेक्सिको गाडी बनाउने विश्वको सातौँ ठूलो देश बनेको छ।

ट्रम्पले चीनमा चर्को कर लगाएपछि पूर्वी एशियाका देशहरूले अमेरिकामा गर्ने निर्यात पनि बढ्यो।

अमेरिकी उपभोक्ताहरूलाई चिनियाँ सामानहरूभन्दा ती देशमा सामानहरू सस्तो परेका कारण पनि त्यस्तो भएको हो। अर्को कारण भनेको थुप्रै चिनियाँ कम्पनीहरूले अमेरिकी कर छल्न आफ्नो कम्पनी पूर्वी एशियाका अन्य देशहरूमा सारे।

यो पनि :

अमेरिकाले विदेशमा दिइने सहायता स्थगित गर्‍यो, के होला एमसीसी ? 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट