२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

अफगानिस्तानद्वारा स्थानीय मुद्रा स्थिर राख्न २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा

मंगलवार , माघ १५, २०८१

अफगानिस्तान । अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा अफगानीको स्थिरता कायम राख्न सोमवार २ करोड ५० लाख अमेरिकी डलर थप्ने घोषणा गरेको छ ।

मनी चेन्जर र निजी बैंकहरू लगायत बोलपत्रदाताहरूले केन्द्रिय बैंक द अफगानिस्तान बैंकमा अफगानीको रूपमा आवश्यक नगद जम्मा गर्नुपर्ने केन्द्रीय बैंकले बताएको छ ।

विगत एक महिनामा बैंकले अफगानीलाई स्थिर बनाउन र विदेशी मुद्राको तुलनामा यसको गिरावट रोक्न राष्ट्रको मुद्रा विनिमय बजारमा लाखौं अमेरिकी डलर थपेको छ । बैंकले २ करोड अमेरिकी डलर पनि लिलामी गरेको छ ।

हालैका हप्ताहरूमा अमेरिकी डलरको तुलनामा अफगानीले अवमूल्यन अनुभव गरेको छ । एक अमेरिकी डलरको लागि विनिमय दर लगभग ८०.५० अफगानी रहेको छ । जुन एक महिना अघि लगभग ६९.३० अफगानी थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट