२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

भारतको कुम्भमेलामा भागदौड, दर्जनौंको मृत्यु भएको आशंका

बुधवार , माघ १६, २०८१

बीबीसी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा बुधवार बिहान करिब १ः३० बजे एउटा घाटमा भागदौड मच्चिएको छ। त्यस क्रममा धेरै मानिसहरू हताहत भएको ठानिएको छ।

प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा समाचारसंस्था एएफपीलाई उक्त घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन्।

यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन।

भारतीय समाचारसंस्था पीटीआईले सामाजिक सञ्जाल एक्समा एउटा भिडिओ पोस्ट गरेको छ। त्यसमा घाइतेहरूलाई सेक्टर २४ स्थित अराइल उपकेन्द्रीय अस्पतालमा लगिएको देखिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट