काठमाडौँ । विगतमा सामान्य स्वास्थ्य चौकीको रूपमा रहेको कागेश्वरी मनोहरा नगर अस्पतालले आफ्नो सेवा र पूर्वाधारमा व्यापक सुधार गर्दै १०० शैयाको जनरल अस्पतालमा स्तरोन्नति हुने स्वीकृति पाएको छ।
अस्पताल व्यवस्थापनले हालै सम्पन्न गरेका मूलभूत ८२ वटा सुधारका क्षेत्रहरू र आगामी दिनमा चालिने रणनीतिक कार्यदिशा समेटिएको प्रतिवेदन अस्पताल संचालक समिति समक्ष प्रस्तुत गरिएको छ।
अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलद्वारा प्रस्तुत उक्त प्रतिवेदन अनुसार, अस्पताललाई तत्काल १०० शैयामा पूर्ण रूपमा सञ्चालन गर्न आगामी दिनमा करिब रु. ३० करोड थप लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।
कुनै समय दैनिक १३० जना मात्र सेवाग्राही आउने यस अस्पतालमा हाल सेवाको गुणस्तर बढेसँगै दैनिक एक हजारभन्दा बढी नागरिकहरू सेवा लिन आउने गरेका छन्। अस्पतालले २८ जना विशेषज्ञ चिकित्सकहरू मार्फत २४सै घण्टा (२४/७) ईमर्जेन्सी तथा एमडिजिपी (MDGP) सेवा दिइरहेको छ।
विगत ७ वर्षदेखि थुप्रिएर रहेको मेडिकल फोहोर (Medical Waste) को स्थायी व्यवस्थापन गरिनुलाई अस्पतालले आफ्नो प्रमुख उपलब्धिका रूपमा लिएको छ। यसबाहेक स्वास्थ्य बीमा दाबी अस्वीकृत (Reject) हुने दरलाई ३० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको प्रतिवेदनमा उल्लेख छ।
प्रशासनिक तथा सेवा प्रवाहमा गरिएका मुख्य सुधारहरू:
• पारदर्शिता र नीतिगत सुधार: अस्पताल सञ्चालन, सामाजिक सेवा एकाइ, फार्मेसी र शवगृह सञ्चालन सम्बन्धी ४ वटा छुट्टाछुट्टै कार्यविधि निर्माण र संशोधन।
• प्रविधिमैत्री सेवा: डिजिटल ई-अटेन्डेन्स, टोकन प्रणाली, २४सै घण्टा सीसीटीभी अनुगमन, मिदास (Midas) सफ्टवेयरको विस्तार र वाटर एटीएमको व्यवस्था।
• थप सेवाहरूको सुरुवात: उच्च प्रविधियुक्त फिजियोथेरापी, आँखा, दाँत (अर्थोडोन्टिक्स/प्रोस्थोडोन्टिक्स), मुटुरोग परीक्षण र प्याथोलोजिष्ट सेवा।
• वित्तीय चुस्तता: अस्पतालको आम्दानी र खर्चलाई नेपाल सरकारको सुत्र (SUTRA) प्रणालीमा आबद्ध गरी दैनिक संकलन हुने शुल्क भोलिपल्टै बैंक दाखिला गर्ने व्यवस्था।
अस्पतालले भनेको छ, ‘आदरणीय श्रीमान् नगरप्रमुखज्यूको दूरदर्शी दृष्टिकोण र सक्रिय नेतृत्वको कारण यस अस्पतालको सेवा प्रवाह र पूर्वाधारमा अभूतपूर्व कायपलट भएको छ, जसले गर्दा विगतमा दैनिक १३० जना मात्र सेवाग्राही आउने गरेकोमा अहिले दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिन थालेका छन् । नगरप्रमुखज्यूको प्रत्यक्ष मार्गदर्शनमा अस्पताल सञ्चालन, सामाजिक सेवा एकाइ, फार्मेसी र शवगृह सम्बन्धी ४ वटा नयाँ कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ भने कर्मचारीको आचरण सुधार, डिजिटल ई-अटेन्डेन्स, सीसीटीभी अनुगमन र टोकन प्रणाली मार्फत सेवालाई प्रविधिमैत्री र पारदर्शी बनाइएको छ ।’
‘अस्पतालमा हाल २८ जना विशेषज्ञ चिकित्सकहरू मार्फत २४सै घण्टा MDGP सहितको आकस्मिक सेवा, मुटुरोग, प्याथोलोजी, अर्थोडोन्टिक्स र तीन वटा वडामा 'मिनी अस्पताल' सहितको सेवा विस्तार गरिएको छ भने स्वास्थ्य बीमा दाबी अस्वीकृत हुने दरलाई ३० प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ । आर्थिक प्रशासन तर्फ आम्दानी र खर्चलाई नेपाल सरकारको सुत्र प्रणालीमा आबद्ध गरी दैनिक राजस्व भोलिपल्टै बैंक दाखिला गर्ने, PAMS मा रियल टाइम इन्ट्री गर्ने र औषधि आपूर्तिका लागि रिभोल्भिङ फण्डको व्यवस्था मिलाई पारदर्शिता कायम गरिएको छ । भौतिक पूर्वाधारतर्फ अस्पतालको बाहिरी स्वरूपलाई आकर्षक बनाउँदै फराकिलो लबी, आधुनिक काउन्टर, स्तनपान कक्ष, वाटर एटीएम र ७ वर्षदेखि थुप्रिएको मेडिकल फोहोरको व्यवस्थापन गरिएको छ भने नगरप्रमुखज्यूकै नेतृत्वमा १०० शैयाको अस्पताल निर्माणका लागि EIA र प्रदेश सरकारबाट स्वीकृत गराई गुरुयोजना (Master Plan) अनुसार थप उच्चस्तरीय पूर्वाधार निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ’ अस्पतालले भनेको छ ।
1. सुधार गरिएका मुलभुत पक्षहरुः
• सेवा प्रवाह पारदर्शिता र जवाफदेहिता • अस्पताल संञ्चालन सम्बन्धि नितिगत सुधारः • अस्पताल संचालन सम्बन्धि कानूनलाई संशोधन छुटै कानून र कार्यविधिको निर्माण (4 वटा कार्यविधिहरु) • अस्पताल संचालन सम्बन्धी कार्यविधि स्वीकृत • सामाजिक सेवा इकाइ संचालन सम्बन्त्री कार्यविधि • फार्मेसी सेवा संचालन सम्बन्त्री कार्यविधि • शवगृह संचालन सम्बन्धी कार्यविधि
2. कर्मचारीको आचरण, अनुशासन र व्यवहार (छलफल, तालिम, प्रशिक्षण गरियो) 4. तथ्याङ्क Database को छुट्टै शाखाको व्यवस्था गरियो। 5. नागरीकवडा पत्र - स्थापना 6. Website- निर्माण 7. Digital E-Attendance- निर्माण र संञ्चालन 8. अधिकांश औषधिको व्यवस्था 9. आवश्यक मेडिकल उपकरणको क्रमश व्यवस्था 10. आवश्यक जनशक्तिको व्यवस्था 11. 130 सेवाग्राहीबाट दैनिक एकहजार सेवाग्राही 12. शवगृहको व्यवस्था 13. आँखा/फिजियो/दाँत सेवाको विस्तार 14. 28 जना विशेषज्ञ चिकित्सक बाट सेवा प्रवाह 15. तिन वटा वडामा Mini Hospital को रुपमा दक्ष चिकित्सक एवं ल्याव सहितको सेवा विस्तार 16. स्वास्थ्य बीमा दावि Reject हुने अवस्था 30% वाट 5% मा झारिएको/ तालिम/ बीमावोर्ड सँग समन्वय हुदै टिमको व्यवस्था समेत 17. सेवा प्रवाहमा Token प्रणाली लागु queue मा वस्न नपर्ने 18. चिकित्सक/कर्मचारीको Daily Roster मार्फत अधिल्लो दिनमा नै खटन पटन गरि सुधार 19. अस्पताल जग्गा लिजको लागि मन्त्रालय सम्म प्रक्रिया पूरा 20. Blood Transmission Centre स्थापनाको लागि प्रक्रिया अन्तिम चरणमा 21. अस्पताल Master Plan तयार 22. एक सय शैयाको लागि EIA , नागरीक सुनुबाई र अन्य सबै प्रक्रिया पूरा गरिएको र प्रदेश सरकारबाट स्वीकृत 24. मुटुरोग परीक्षणको नयाँ सेवा विस्तार 25. गरिव/विपन्न/अस्पतालका लागि निःशुल्क उपचार सेवाका लागि सामाजिक सेवा इकाई स्थापना 26. कर्मचारीको तलब सुविधा अस्पतालबाट नै दिन सुरु गरिएको 27. आवश्यक जनशक्ति प्राप्तिका लागि पदपूर्ति सम्बन्धि छुटै संरचनामार्फत कार्य गर्न सुरु गरिएको 28. कर्मचारीलाई सक्षम बनाइ राख्न समय सापेक्ष तालिमको सुरुवात 29. सेवाग्राहिको चाप व्यवस्थापन गर्न 3 वटा उच्च प्रविधियुक्त नयाँ काउण्टरको व्यवस्था गरिएको 30. विगत 7 वर्ष देखि थुप्रिएको Medical West को व्यवस्थापन गरिएको 31. स्वास्थ्य बीमा बोर्डमा अस्पतालको नाम परिवर्तन गरिएको 32. Google Map / google Communication मा जोडिएको 33. गुणस्तरीय औषधि आपूर्तिका लागि DTC समितिको संरचनागत व्यवस्था गरिएको 34. सबै विभागमा In-charge र कर्मचारीको TOR सहित जिम्मेबारी तोकि विभागिय एवं कर्मचारीलाई जवाफदेहिता कायम गरिएको 35. सबै सेवा स्थल, सेवाग्राहीले देख्न सहज होस भनि संकेत वोर्ड राखिएको 36. गरिव, विपन्न असहाय वर्गका लागि निः शुल्क उपचार सामाजिक सेवा इकाइ मार्फत दिन सुरु गरिएको 37. CCTV मार्फत नियमित रुपमा कर्मचारीको काम अनुगमन गर्ने व्यवस्था मिलाईएको 38. अस्पतालको उपकरणहरुको बायोमेडिकल ईन्जिनियर मार्फत दैनिक चेकजाँच गर्न सुरु गरिएको 39. फार्मेसीमा निःशुल्क, बीमा र सःशुल्क अलग-अलग र Medicine Refill Room को वयवस्था मिलाइ बीमाका बिरामीहरुलाई तत्काल बीमाको औषधी दिने व्यवस्था मिलाइएको 40. छुट्टै स्तनपान कक्ष, बालमैत्री कक्षको निर्माण र सेवा 41. MDGP सहितको २४/७ घण्टा ईमर्जेन्सी सेवा, फेमिलि फिजिसियनबाट उच्च स्तरिय सेवा 42. आँखाको सामान्य शल्यक्रिया सेवाको सुरुवात 43. अर्थोडोन्टिक्स सेवाको सुरुवात 44. प्रोस्थोडोन्टिक्स सेवाको सुरुवात 45. सबै खालको फिजियोथेरवपी सेवाको सुरुवात 46. ईन्डोर शाखामा बिरामीको चापअनुसार बेड विस्तार 47. हाईकेयर युनिटको सुरुवात 48. आइशोलेशन युनिटको सुरुवात 49. अस्पतालको आफ्नै क्यान्टिनको व्यवस्था 50. गुनासो सुनुवाईको लागि सहायता कक्षको व्यवस्था 51. Midas Software को विस्तार 52. अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको व्यक्तिगत फाईल निर्माण गरि अभिलेख राख्न सुरु 53. डेडिकेटेट ईन्टरनेटको व्यवस्था 54. अस्पतालमा पहिलोपटक प्याथोलोजिष्ट सेवाको सुरुवात गरिएको 55. शुद्ध खानेपानीको लागि प्रविधियुक्त Water ATM को व्यवस्था 56. गुणस्तरिय सेवाको लागि उच्च प्रविधिसुक्त USG, Dental र EYE उपकरणहरुको व्यवस्था
आर्थिक प्रशासनमा चुस्तता, मितव्ययीता र पारदर्शिता क्षेत्रमा गरिएका सुधारहरु :
1. अस्पताल आम्दानी र खर्च नेपाल सरकारको सुत्र प्रणालीमा आवद्ध 2. अस्पतालमा प्रत्येक दिन उठेको सेवा शुल्क भोलिपल्ट 12 बजेसम्म अनिवार्य रुपमा बैंक दाखिला गर्ने व्यवस्था 3. नियमित लेखा परिक्षण (आ.व. 081/082को समेत सम्पन्न) 4. अस्पतालमा खरिद हुने/आपूर्ति हुने सेवा सामान र औषधि खरिद ऐन/ नियम वमोजिम मात्र गरिने प्रवन्ध 5. अस्पताललाई आवश्यक पर्ने सबै खालका सामग्रीहरुको आपूर्तीको लागि प्रचलित कानून अनुसार सार्वजनिक सूचना प्रकाशित गर्ने गरिएको 6. फार्मेसीमा नियमित र गुणस्तरीय औषधि आपूर्ति मिलाउन Revolving Fund को व्यवस्था मिलाइएको 7. नियमित जिन्सि निरीक्षणको लागि जिन्सि निरीक्षण समितिको गठन, लिलाम गर्नुपर्ने र मर्मत गर्नुपर्ने औजार उपकरणहरुको सुचि तयार गरिएको 8. अस्पतालमा आपूर्ति भएका औषधि तथा अन्य औजार, उपकरणहरुको नेपाल सरकारले तोकेको PAMS मा Real Time Entry गर्ने र हाफा गर्ने कार्य यहि आ.व. बाट सुरु भएको 8. अस्पतालमा प्रचलित सार्वजनिक खरिद कानुन अनुसार छुटै खरिद समिति गठन गरी खरिद प्राप्तिका काम गरि आएको 9. लेखा अधिकृतबाट प्रत्येक दिनको आम्दानी, फिर्ता गर्नुपर्ने रकम आदिको नियमित अनुगमन सुरु गरिएको 10.अस्पतालमा थप सेवा विस्तार गर्न अपरेशन थिएटर निर्माणको परामर्श प्रतिवेदन प्राप्तिको चरणमा रहेको
सेवाग्राही मैत्री सेवा प्रवाहका लागि अस्पतालको पूर्वाधार विकासमा गरिएको सुधार :
1. अस्पतालको कम्पाउण्ड बाहिर हरियाली प्रवर्द्धन गरी Beautification गरिएको 2. अस्पताल भवन र कम्पाउण्ड रङ्ग रोगन गरी आकर्षक बनाइएको 3. अस्पताल परिसरको सरसफाइलाई विशेष ध्यान दिदै ठुलो क्षमताको सेफ्टि ट्याङ्की निर्माण गरिएको 4. अस्पतालको Out Look आकर्षक बनाइएको 5. अस्पताल भित्र सेवाग्राही बस्ने Lobby फराकिलो बनाई सुविधा सम्पन्न बस्ने कुर्चिको व्यवस्था गरिएको 6. आकर्षक 3 वटा काउन्टरको निर्माण गरिएको 7. अस्पतालको भित्रि भाग रङ्गरोगन गरिएको 8. OPD कक्षलाई चिकित्सकका लागि सुविधाजनक र सेवाग्राहीका लागि सेवाग्राहीमैत्री बनाईएको 9. सुविधा सम्पन्न ल्यावको लागि फराकिलो स्थल सहित ल्याव उपकरण र Re-agent को नियमित आपूर्ति मिलाइएको 10. x-Ray र USG सेवाका लागि आवस्यक स्थानको निर्माण र उच्च प्रविधियुक्त उपकरणको व्यवस्था मिलाइएको 11. फराकिलो फार्मेसि सेवा सञ्चालन गर्न पूर्वाधार निर्माण गरिएको 12. ओ.पि.डि कक्षको अभावलाई न्युनिकरण गर्न Block C माथि 4 वटा ओ.पि.डि कक्ष र बाहिर waiting Room को व्यवस्था मिलाइएको 13. प्रदेश सरकारको सहयोगमा Block B को माथि सुविधासम्पन्न क्याबिन, कोठा र उच्चस्तरको सभाहलको निर्माण भइरहेको 14. सुविधासम्पन्न अस्पताल क्यान्टिनको निर्माण अन्तिम चरणमा रहेको 15. सुविधासम्पन्न शौचालयको निर्माण 16. सुविधासम्पन्न आँखा सेवा, फिजियोथेरापी सेवा, डेन्टल सेवा र स्टोरको कार्यकक्षहरुको निर्माण
अबको कार्यदिशा :
अस्पतालको सेवा प्रति सेवाग्राहीको विश्वास बढीरहेको कुरा दिनप्रतिदिन सेवा लिने नागरिकहरुको बढ्दो चापका कारण प्रष्ट हुन्छ। नेपालकै नमूना नगर अस्पतालको रुपमा स्थापित गर्न १०० शैया संचालन गर्ने बाटो खुलिसकेकाले तत्कालका लागि देहायका कार्यहरु सम्पादन गर्नु अस्पतालका लागि अबको कार्यदिशा हुने देखिन्छ।
मुलभूत रुपमा ८२ वटा क्षेत्रमा सुधार गरि 15 शैयाको अस्पताललाई सेवा विस्तार गर्दै उच्च प्रविधियुक्त उपकरणहरुको प्रबन्ध मिलाई जनशक्ति व्यवस्थापनको साथ १०० शैयासम्म अस्पताल संचालन गर्न बाटो खुलेको छ।
अस्पतालले आफ्नो सेवालाई केन्द्रमा मात्र सीमित नराखी तीन वटा वडाहरूमा दक्ष चिकित्सक र ल्याब सुविधासहितको 'मिनी अस्पताल' (Mini Hospital) को रूपमा सेवा विस्तार गरिसकेको छ। साथै गरिब, विपन्न तथा असहाय वर्गका लागि नि:शुल्क उपचार सुनिश्चित गर्न 'सामाजिक सेवा एकाइ' सक्रिय रूपमा सञ्चालनमा ल्याइएको छ।
अस्पतालका कार्यकारी निर्देशक पौडेलका अनुसार, एक सय शैया सञ्चालनका लागि ईआईए (EIA), नागरिक सुनुवाइ र अन्य आवश्यक कानुनी प्रक्रियाहरू पूरा भई प्रदेश सरकारबाट समेत स्वीकृत भइसकेकाले अबको ध्यान स्रोत सुनिश्चितता र समयमै पूर्वाधार निर्माण सम्पन्न गर्नेतर्फ केन्द्रित हुनेछ।
प्रतिक्रिया दिनुहोस