२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रविले बोलाएको सर्वदलीय बैठकमा गगन नजाने, कांग्रेसबाट भीष्मराज र फिरदोश सहभागी हुँदै

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन् ।

मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभापति लामिछानेले आज (सोमबार) बिहान ९ बजेका लागि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिसहित दुई–दुई जना शीर्ष प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो ।

रास्वपाको निम्तोमा कांग्रेस सभापति थापा आफैँ उपस्थित नहुने भएपछि पार्टीका तर्फबाट प्रतिनिधित्व गर्न दुई जना सांसदलाई खटाइएको छ । कांग्रेस स्रोतका अनुसार बैठकमा संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम मात्र सहभागी हुने तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट