काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले आपत्ति जनाउँदै संसदमा विरोध जारी राखेका हुन् ।
त्यसपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए । तर, पुनः बैठक बस्न नसकेपछि भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।
विपक्षी दलले प्रधानमन्त्रीले आफ्नो भनाइ संसद्मै आएर सच्याउनुपर्ने र माफी माग्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस