२०८३, आषाढ २७ गते

शनिवार, आषाढ २७ गते २०८३

गणेशको शव सुरक्षित राख्न शिक्षण अस्पताल पठाइयो : परिवारसँग सहमति भएपछि मात्र बुझाइने

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव सुरक्षित संरक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव राति करिब १० बजे शिक्षण अस्पताल पठाइएको हो।

वीर अस्पतालका सूचना अधिकारी प्रकाश बुढाथोकीका अनुसार हालसम्म शव बुझ्ने विषयमा परिवारबीच सहमति नजुटेकाले शव तत्काल जिम्मा लगाउन सकिएको छैन। परिवारको सहमति भएपछि मात्रै कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाइने उनले बताए।

उनका अनुसार वीर अस्पतालमा शवलाई लामो समयसम्म सुरक्षित राख्ने मर्चरी चेन (रेफ्रिजेरेटेड शवगृह) नभएकाले शव सुरक्षित संरक्षणका लागि शिक्षण अस्पताल पठाइएको हो।

‘शव केही दिनसम्म पनि सुरक्षित राख्नुपर्ने अवस्था आउन सक्छ। वीर अस्पतालमा त्यसका लागि आवश्यक मर्चरी सुविधा नभएकाले शिक्षण अस्पताल पठाइएको हो,’ सूचना अधिकारी बुढाथोकीले बताए।

गणेश नेपालील त्रिपुरेश्वरमा आफूलाई आगो लगाएका थिए। गम्भीर रूपमा जलेका उनको वीर अस्पतालको बर्न उपचार कक्षमा उपचार भइरहेको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद शुक्रबार उनको मृत्यु भएको थियो।

अब परिवारबीच सहमति भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट